१. क्षमता अभिबृद्धिः
आजको सन्दर्भमा कुनैपनि व्यक्ति संघसंस्थाको क्षमता अभिबृद्धि गर्न अति जरुरी छ । जसले गर्दा कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुका साथै त्यसको गुणस्तरियतामा समेत बृद्धि हुन जान्छ । सो का लागि संस्थामा कार्यरत व्यवस्थापन तथा कार्यक्रममा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न अपरिहार्य छ । साथै कार्यक्रमसँग सरकोकार राख्ने लक्षित वर्ग र समुदायको क्षमता अभिबृद्धि गर्नु पनि त्यतिकै जरुरी छ । यस प्रयोजनका लागि यस संस्थाले विभिन्न तालिमहरु, सीपमूलक व्यवसायमूलक, व्यवस्थापकीय र प्राविधिक तालिमहरु संचालन गरिरहेको छ । साथै सूचना र अनुभवको आदान- प्रदानबाट पनि क्षमता अभिबृद्धि गर्ने सोच राखेको छ ।
२. अधिकारमा आधारित कार्यक्रमः
सम्मानित, समावेसी र अर्थपुर्ण सहभागिता, सबै खाले विभेदका विरुद्ध, हामी सबैको प्रतिवद्धता भन्ने मुल मन्त्रका साथ स्थापना भएको दलित विकास समाज चेतनाको दृष्टिकोणले कुनैपनि व्यक्ति समुदायले आ- आफ्रनो अधिकारको समुचित उपयोग गर्न पाउनुपर्छ भन्ने कुरामा विश्वास गर्दछ। त्यसका लागि संस्था सदैव सचेत रहनेछ । भेदभाव असमनता निर्मूल गर्न विभिन्न अधिकारमूखि क्रियाकलाप संचालन गर्नेछ । वालअधिकार, महिला अधिकार र मानव अधिकारको सम्वर्धन गर्न संस्थाले विभिन्न सुचनामूलक कार्यक्रमहरु संचालन गर्नेछ ।
३. कार्यसंजाल
कुनै पनि संचालन गर्ने वा गरिरहेको कार्यक्रमलाई विस्तार गर्न तल्लो तहसम्म पुर् याउन साथै माथिल्लो तहमा निति निमार्णमा कार्यान्वयन गर्न संजालको आवश्यता पर्दछ । साथै सामूहिक रुपमा समुदाय र समाजको सक्रिय संलग्नता वढाउन त्यस कार्यक्रमसँग सम्वन्धित सरोकारवालाको संजाल हुनु अति आवश्यक छ । यसको माध्यमवाट समाजमा थाल्ने गरेका राम्रा प्रयासहरु समाजमा रहेका विद्यमान असमनताहरु विरुद्ध आवाज वुलन्द समस्या समाधान र आवश्यक परिवर्तन गरी जनस्तरसम्म कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न सकिन्छ । त्यसका लागि संस्थाले गै.स.स. महासंघ लगायत अन्य स्थानीय, क्षेत्रिय र राष्ट्रिय स्तरमा समेत संजालमा आवद्ध गराई विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिनेछ । स्थानीय स्तरमा रहेका संजाल संस्थाहरुको क्षमता अभिवृद्धि गरी प्रभावकारी तथा दिगोरुपमा कार्यान्वयन गर्न गराउन सक्षम हुनेछ ।
४. साझेदारीः
आजको सन्दर्भमा अत्यन्तै प्रभावकारी माध्यम वा पद्धति हो साझेदारी । हामीले कुनै पनि काम गर्दा साझेदारीलाई प्रमुख Approach को रुपमा लागू गर्नेछौ । चाहे त्यो विद्यालय समुदाय वा समुदायमा आधारित संस्था होस अथावा हामीले साझेदारीमा काम गर्ने, द्विपक्षिय समझदारीमा काम गर्ने साझेदार निकाय होस आ-आफ्नो भूमिका तथा जिम्मेवारी स्पष्ट उल्लेख गरी कार्यक्रम कार्यान्वयन गरेमा कार्यक्रमको प्रभावकारी बढ्न गई त्यसको दिगोपन समेत कायम रहन्छ । संस्थाले गर्नै यो एउटा सशक्त पद्धति भएकाले संस्थाले यसलाई उच्च मूल्यांकनका साथ प्राथमिकता दिनेछ । कार्यक्रमको साझेदारीमा सहभागीतात्मक योजना तर्जुमा गर्ने, कार्यान्वयन र लक्षित वर्ग पत्रकार सरकारी निकाय साझेदार सहित अनुगमन तथा मूल्यांकनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निश्चित छ । पूर्ण लोकतन्त्र प्राप्ती र उपयोगको दिशामा समुदमयलाई अझ प्रभवकारी र सशक्त ढंगले सहभागिता गर्न गराउन समावेशीकरणलाई प्रथामिकता दिइनेछ । महिलादलित अपाङ्ग जनजातिलाई बढीभन्दा बढी कार्यक्रममा समावेश गराइनेछ । संस्थाद्धारा साचालित कार्यक्रमहरु परियोजनाहरु र कार्यान्वयन प्रक्रियामा ‘समावेशीकरण ’ मा आधारित रहनेछ ।
५. हानी नगरौँ
अहिलेको अवस्था द्धन्द्ध पछिको संक्रमकाल भएकाले यस्तो अवस्थामा कुनैपनि संस्थाले आफ्रनो कार्यक्रम अति हाशियारी र सावधानीपूर्वक संचालन गर्नु पर्ने हुन्छ । हाम्रो कार्यक्रम कार्यान्वयन प्रकृया र व्यवहारले कसैलाई पनि नकारात्मक असर पर्नु हुँदैन जसले गर्दा हामीलाई अप्ठयारो स्थितिमा पार्न सक्छ । यस्तो अवस्थामा अपनाउनु पर्ने सावधानीहरु कर्मचारी र व्यवस्थापन पक्षले अपनाउनु र पालना गर्नु पर्ने सावधानीका नियमहरु Low Profile मा बस्ने कार्यक्रमको कार्यान्वयनका प्रकृया बदल्ने परिमार्जन गर्ने र हानी नगरौका उपयुक्त विधि अपनाई लागू गरिनेछ । साझेदारीहरुमा पनि हानी नगरौ को अवधारण लागू गरिनेछ ।
६. सशक्तिकरणः
कार्यक्रमलाई प्रभावकारी लक्षित वर्गको श्रोत र साधनमा नियन्त्रण एवं पहुँच बढाउन ती लक्षित वर्गलाई सशक्तिकरण गर्दै लैजानु पनि अपरिहार्य छ । समुदाय लक्षित वर्ग सशक्त हुँदै गएमा उनीहरुको चेतना अभिवृद्धि हुनेछ । यसका लागि आयआर्जन र शिक्षाका कार्यक्रममा विशेष जोड दिइनेछ । दलित वालवालिका विद्यालय भर्ना कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्दै शिक्षाको स्तर अभिवृद्धि गर्ने बिद्यालय शान्ति क्षेत्र कार्यक्रमलाई पुरा गर्न विद्यालयहरुमा बाल मैत्री शिक्षण पद्धति अपनाउन अभिभावक तथा विद्यालय परिवारमा भय रहित वातावरण सिर्जना गर्न उत्प्रेरित गर्ने र बालवालीकाको चौतर्फी विकासका लागि सो सँग प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने समुदायलाई सशक्त गर्दै लगिनेछ । विभिन्न आयमूलक कृयाकलाप संचालन गरी उनीहरुको आर्थिक स्तर उठाउन सहयोग गरिनेछ ।
७. गुणस्तरीयता बृद्धि
संस्थाद्वारा संचालन गरिने कृयाकलापहरुको गुणस्तरियताप्रति संस्था सदैब सचेत रहनेछ । यसका सम्पुर्ण कृयाकलापहरुको गुणस्तरियतामा दिन प्रतिदिन बृद्धि गर्दै लैजाने सोच संस्थाको रहेको छ । काममा भएका कमी कमजोरीलाई विस्तारै विभिन्न कृयाकलापको माध्यमबाट र समुदाय एवम् सरोकारवालाको सहयोगमा कम गर्दै लैजाने छ ।
८. राम्रा कामको प्रचार प्रसार
संस्थाद्धारा संचालन भएका र निकट भविष्यमा संचालन गरिने कृयाकलापहरु मध्ये उपलब्धीको हिसावले उत्कृष्ट ठहरिएका कामहरुलाई संस्थाले अन्य स्थानमा पनि स्थानान्तरण गर्ने छ । जस्तै : विद्यालय तथा विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न शिक्षक अभिभावक संघ, बिद्यालय व्यवस्थापन समिति बाल क्लबआमा समूहहरुको भूमिका अत्यन्तै प्रभावकारी सावित भएको पाईएको छ । यस्तो अवस्थामा ती पद्धतिलाई अन्य स्थानमा पनि स्थानान्तर गरेर उक्त ठाउँको पनि शैक्षिक स्तर उकासिने छ । साथै अन्य कृयाकलापमा पनि राम्रा चलन व्यवहारलाई एक ठाउँबाट अर्को ठाउँमा विभिन्न माध्यमबाट प्रचार प्रसार गरिनेछ । संस्थाले बर्ष भरि गरेका कामको योजना छनौटबजेट निर्णय प्रक्रिया कार्यान्वयनमा सहभागीता समन्वय र सहकार्य आदिको जवाफ देहिता पारदर्शिताको लागि सामाजिक लेखाजोखा कार्यक्रम गर्ने । स्थानीय पत्रकारहरुलाई लक्षित वर्ग सम्म लगि अन्तरक्रिया गराउने जस्ता क्रियाकलापहरु संचालन गरिनेछ ।
