DDS सल्यानमा स्वागत गर्दछौ
दलित विकास समाज (DDS) सल्यान गैर सरकारी मुनाफा नकमाउने, धर्म निरपेक्ष, सेवामुखी सामाजिक संस्था हो । यसको स्थापना २०५८ साल भाद्र ८ मा संस्था दर्ता ऐन २०३४ अन्तरर्गत भएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानमा १४५ नम्बरमा दर्ता भएको छ । यसले दलित, गरिब, पिछडिएका र सीमान्तकृत समूह, महिला र बालबालिकाको सामाजिक-आर्थिक, स्वास्थ्य र शिक्षाको स्थितिमा सुधार गर्ने लक्ष्य राखेको छ। DDS 13015 नम्बरमा समाज कल्याण परिषद्, WR-SAL-3 नम्बरमा NGO Federation Nepal, 8/059/060 मा शान्तिका लागि सामूहिक अभियान (COCCAP), दलित गैरसरकारी संस्था महासंघ र बाल कल्याण योजना नेपालसँग आवद्ध भएको छ। विकास र सुशासनको प्रक्रियाबाट शान्ति, भेदभावरहित समतामूलक समाजको स्थापना गर्न समर्पित छ ।
संस्थाका कार्यक्षेत्रहरू आर्थिक विकास, शान्ति र विकास, शिक्षा, सचेतना र सशक्तिकरण, सामुदायिक पूर्वाधार, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, बाल संरक्षण, शिक्षा, आय आर्जन र जीविकोपार्जन, विपद् जोखिम प्रतिकार्य र लचिलोपन, लैङ्गिक समानता मानव अधिकार, समावेश र एचआईभी/एड्स। लक्षित समूहहरू दलित, अति गरिब, द्वन्द्वपीडित, पिछडिएका महिला र बालबालिका, युवा, किशोर, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू र LGBTIQ+ समुदायका सीमान्तकृत मानिसहरू हुन्।
११ सदस्यीय कार्यसमिति गठन गरिएको छ जसमा ५ जना महिला र ६ जना पुरुष रहेका छन् । संस्थामा ६८ जना सर्वसाधारण सदस्य छन् जसमा ३४ पुरुष र ३४ जना महिला छन् । DDS ले आफ्नो स्थापनाकालदेखि नै सल्यान जिल्लासँगै प्युठान, दाङ र दैलेखमा दलित अधिकार र पिछडिएका समुदायको वकालत सहितको समग्र सामाजिक विकासको काम गर्दै आएको छ । सरकारी तथा गैरसरकारी संस्था (I/NGO) को सहयोगमा विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरेको अनुभव छ । DDS सँग सहकार्य गर्ने संस्थाहरू USAID/Care Nepal, SPDI/UNDP, CAR-NWG, CIRCLE Project Asia, WINROCK International, Danida/AEPC, Save the Children/US, DNF, ECHO/Tdh, DLGSP, APPSP, RDIF, FAO हुन्। , MEDEP/UNDP, PAF/World Bank, SUAAHARA/USAID/Save the Children, PAHAL/USAID/Mercy Corps and Solar MuS/Renewable World Nepal, European Union, Room to Read, SUAAHARA/USAID/HKI, One Heart Worldwide and Fasten कार्य/आवाज। संस्थाहरूले सहयोग गरेका छन् ।

निम ब. नेपाली
अध्यक्ष
९८५७८२११८३

बिनायक रेग्मी
कार्यकारी निर्देशक
९८४१५८११९८

गुमान सिंह नेपाली
सूचना अधिकारी
९८५७८२२५४१

साक्षरता कार्यक्रम
रुम टु रिडको आर्थिक सहयोग, पढनको लागी कोठाको प्राविधिक सहयोगमा सल्यान जिल्लाका कपुरकोट, त्रिवेणि, छत्रेश्वरी सिद्ध कुमाख, दार्मा गाँउपालिका, शारदा र वागचौर नगरपालिकासँगको समन्वय तथा सहकार्यमा दलित विकास समाज सल्यानद्धारा सन् २०१८ देखि सल्यान जिल्लाका विभिन्न विद्यालयहरुमा साक्षरता कार्यक्रम संचालन भईरहेको छ ।

USAID किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजना
यूएसएआइडी किशोरकिशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम किशोर किशोरीहरुलाई घरपरिवार तथा समुदायबाट स्वस्थ आचरणको अभ्यासद्वारा उनीहरुको आफ्नो पूर्ण सक्षमतामा पुयाउन सहयोग गर्ने र यसका साथै सार्वजनिक प्रणाली एवं निजी संस्थाहरूलाई किशोरमैत्री सेवा सुविधा र उत्पादनको निम्ति सबलीकरण गर्दै जाने लक्ष्य लिएर अमेरिकी सहयोग नियोग नेपालको सहयोगमा सञ्चालित कार्यक्रम हो ।

आर्थिक तथा सामाजिक न्यायकालागि समुदाय परिचालन परियोजना
महिला तथा युवाहरुलाई आफ्ना समस्यासंग स्वयं आफै परिचित भई समस्या समाधान गर्नको लागि आर्थिक र वातावरणीय न्यायका क्षेत्रमा जोडि उनीहरुलाई दिगो जिवीकोपार्जनका क्षेत्रमा अग्रसर गराउनका लागि दलित विकास समाज र आई.एम स्वीडिस बिकास साझेदारको साझेदारीमा जिल्लामा सामाजिक तथा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना संचालन गरीएको छ ।

बाल बिबाह बिरुद्धको साझा अभियान संजाल सल्यान
सल्यान जिल्लामा बालबिबाह विरुद्ध लड्न फास्टन एक्शनको आर्थिक तथा प्राविधिक सहयोगमा, आवाज संस्था सुर्खेतको नेतृत्वमा दलित विकास समाज सल्यान संगको साझेदारिमा जिल्लाको कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका र जिल्लाका सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी जिल्लामा बालबिबाह न्युनिकरणका लागि संजालले काम गरिरहेको छ ।

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना
वन हार्ट वल्र्डवाइडकोे आर्थिक सहयोगमा यस संस्थाद्धारा संचालित “स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई सुदृढीकरण” परियोजना सन् २०२२ जुलाई महिना देखि सल्यान जिल्लाका सबै स्थानीय तहहरुमा बिशेष गरि बर्थिङ्ग सेन्टरहरुमा काम गरिरहेको छ ।

जिविको पार्जानका लागि नवकरणिय उर्जा परियोजना
जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा रिन्यूएवल वल्ड र लि–वर्डको साझेदारीमा दलित विकास समाज (डि.डि.एस) सल्यानद्धारा संचालित रियलाईज परियोजना सन् २०२० जुलाई देखि सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ७ मा संचालन भैरहेको छ ।
विर्ख बहादुरको रोजगारीका लागि गाउँ छोड्नु पर्ने बाध्यताको अन्त्य
कालिमाटी–७, घुइयाबारी निवासी ३७ वर्षिय विर्खबहादुर जिवीकोपार्जनका लागि समयानाकूल भारत ज्याला मजदुरी गर्न जाने गर्दथे । स्थानीय स्रोत सम्बन्धको उपयोग गरी बोयर जातको बेलन बोका रियलाइज परियोजनाबाट अनुदानमा उपलब्ध भएसँगै उनको आम्दानीमा वृद्धि भएको छ । घुइयाबारीमा सिँचाई, मानव र वन्यजन्तु बिचको द्वन्द, प्राकृतिक प्रकोपहरुको कारण जनजीवन कष्टकर बनेको छ ।
साक्षरता कार्यक्रम लागु भएपछि बिद्यालयमा आएको परिर्वतन
कक्षाकोठाका चारै भित्ताहरु छापायुक्त शैक्षिक सामाग्रीले भरिएका छन् र ती सामाग्री शिक्षकहरुले नै निर्माण गर्नु भएको हो । विद्यालयको पुस्तकालयको प्रयोग र ब्यवस्थापकीय पक्ष अत्यन्तै आकर्षक र उपयोगी छ । पुस्तकालयको ब्यवस्थापन तथा सरसफाई सबै शिक्षक तथा विद्यार्थी मिलेर गर्नु हुन्छ । बालबालिकाहरु खाली समयमा पुस्तकसँग रमाउछन् । साक्षरता कक्षाकोठा तथा पुस्तकालयको सजावट, सरसफाई, अनुशासन र बालमैत्री सिकाइ वातावरण यस आकर्षणको केन्द्र बिन्दु हो ।
-
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
https://www.jobsnepal.com/karamacara-aavashayakata-samabnathha-sacana-134390
-
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सुचना प्रकाशन मिति: २०८१/०४/२ र आवेदन दिने अन्तिम…
-
सामाजिक र आर्थिक न्यायका लागि एकजुट हुदै कपुरकोटका महिलाहरु
कपुरकोट गाउँपालीका वडा नम्बर ५ र्याले सल्यानको एउटा समुदाय हो,…