सामाजिक र आर्थिक न्यायका लागि एकजुट हुदै कपुरकोटका महिलाहरु

कपुरकोट गाउँपालीका वडा नम्बर ५ र्याले सल्यानको एउटा समुदाय हो, जहाँ गरिबीको रेखामुनि रहेका र जातिय बिभेदको सामना गरीरहेका करिब ३५ घरपरिवार अधिकांस दलीत परिवारहरु बसोबास गरिरहेका छन्। दलित विकास समाज सल्यानले आई एम स्विडिस बिकास साझेदारको साझेदारीमा जिल्लामा सञ्चालित सामाजिक र आर्थिक न्यायको लागि सामुदायिक परिचालन परियोजना मार्फत उक्त समुदायमा लगनशील महिला समूह नामको समूह गठन गरे। समूहमा जम्मा ३० महिला सदस्यहरू (२६ दलित, २ जनजाति र २ ब्राह्मण क्षेत्री) सहभागी  भएकाछन्।

लगनशील महिला समूहले DDS सल्यानको सहयोगमा समुदायका स्रोतसाधनका साथै समुदायका सदस्यहरूले सामना गर्ने सामाजिक तथा आर्थिक समस्याको पहिचान गर्नका साथै समुदायका बिद्यमान अवसरहरूको पहिचान गर्न थालेकाछन् । उनीहरूले पिउने पानीको समस्या झेल्नुका साथै जातमा आधारीत विभेदको सामना गर्नुपरेको छ । गरिबी र सामाजिक चेतनाको कमीका कारण विद्यालय छाड्ने र बालविवाहको दर पनि यस समुदायमा उच्च छ । मदिराको उच्च खपत समुदायका सदस्यहरूले सामना गर्ने अर्को समस्या हो। २०२४ को मे महिनामा समुह बनाएपछि समुदायका बिबिध समस्या समाधानका उपायका सम्बन्धमा, समुदायका अवसर लगायतका विषयमा छलफल गर्न थालेका छन् । समुदायका सदस्यहरूले सरसफाइ कार्यक्रम सञ्चालन गर्न थालेका छन् र उनीहरूले बालविवाहऽ जातिय बिभेद लगायतका सामाजिक बभेद उन्मूलनका लागि कार्य योजना तयार गरेकाछन्। उनीहरुले सुरक्षित खानेपानी आयोजना, सामुदायिक बालबालिकाका लागि प्ले ग्रुप स्कुल पुर्ब प्राथामिक बद्यालयके स्थापना र टिमुरका बिरुवाहरु लगायतको माग सहितको मागपत्र तयार गरी कपुरकोट गाउँपालिका वडा न ५को कार्यालय सल्यानमा आर्थिक बर्ष २०८१।०८२को येजनामा पर्ने गरी पेश गरेकाछन् भने महिलाहरु सामाजिक र आर्थीक न्यायका लागि क्रियाशिल बनिरहेकाछन् ।