कार्य समिति संरचना

दलित विकास समाज सल्यानको २०८२ भाद्र १३ गते सम्पन्न भएको २३औं साधारण सभा र ८औं अधिवेशनले हेमराज बि.क.को अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । उक्त समितिमा ४ जना सदस्य र १ जना उपाध्यक्ष, १ जना सचिव, १ जना सह सचिव र १ जना कोषाध्यक्ष सहित जम्मा ९ जना रहनु भएको छ । ७ जना महिला र २ जना पुरुष रहेको यस समितिमा सबै जना दलित समुदायबाट रहनु भएको छ ।